काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार, ‘एक घन्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो ।’ प्रधानमन्त्री र राष्ट्रपतिबीच आज भएको भेटमा के–के विषयमा कुराकानी भएको भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले खुलाएको छैन । भेटवार्तालाई नियमित भनिएको छ ।

स्थानीय चुनाव कहिले गर्ने भन्नेमा सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ । स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्षमा सत्तागठबन्धन पुगेका छन् ।