काठमाडांै – राष्ट्रियसभाको बैठक आगामी सोमबार बस्ने भएको छ । यही माघ दुईमा सूचना टाँसेर स्थगित गरिएको राष्ट्रियसभाको बैठक आगामी सोमबार बस्ने संसद् सचिवालयका महासिचव डा. भरतराज गौतमले आज बिहीबार एक सूचना जारी गर्दै माघ १७ का लागि बैठक बोलाइएको जानकारी दिनुभएको छ । बैठक आगामी सोमबार दिउँसो १ बजेका लागि बोइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण लामो सयमदेखि राष्ट्रियसभा बैठक बस्न सकेको छैन । यता प्रतिनिधिसभाको बैठक पनि माघ १६ का लागि बोलाइएको छ ।