दाङ्ग– लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म भएको मतदानको मतगणना गर्नेकाम केही अघिमात्रै सुरु भएको हो । मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।
लुम्बिनी प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुमा बाँकेबाट नेपाली काङ्ग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन् ।
लुम्बिनी प्रदेशबाट बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनबाट तीन जना निर्वाचित हुने छन् । पाँच दलीय गठबन्धनका उम्मेदवारहरु नै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने सम्भावना बलियो छ ।