काठमाडौं – नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । आज बुधबार केन्द्रीय तथ्याङ्क विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १ सय ६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । जनसंख्याको वार्षिक वृद्धिदर ० दशमलव ९३ प्रतिशत रहेको विभागले जनाएको छ ।

नेपालमा पहिलोपटक वि.सं. १९६८ मा जनगणना भएको थियो । वि.सं. १९७७ र १९८७ मा जनसंख्या वृद्धिदर नेगेटिभ भएकोमा त्यसपछि वार्षिक जनसंख्या वृद्धिदर २०७८ को जनगणनामा कम पाइएको विभागले जनाएको छ ।