काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । अहिले बिहान सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्हरूले गरेका छन् ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् ।