काठमाडौं – निर्वाचन आयोगद्वारा तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज मङ्गलबार एक विज्ञप्तिमार्फत् तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको हो ।


निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जाँदा निर्वाचनको व्यवस्थापनको काम गर्न त्यति नै समस्या बन्दै जाने भन्दै छिटो निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको हो । निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा वैशाखभित्रै निर्वाचन गर्न आयोग तयार रहेको पनि उल्लेख गरिएको छ ।


आयोगले यसअघि पनि सरकारलाई बैशाख २२ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेको थियो ।