काठमाडौं – देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जनाइएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।