काठमाडौं – कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।

भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।

सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।