फाइल तस्वीर
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोराना भाइरसको लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।


अध्यक्ष ओलीमा हिजो शनिबार एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर गरिएको थियो । अध्यक्ष ओली हाल बोलकोटस्थित आफैं निवासमा आइसोलेशनमा रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।