फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आह्वान गरेको पार्टी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । भोलि शनिबारका लागि बोलाइएको बैठक कोरोना भाइरसको बढ्दो सङ्क्रमण र सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी गराउनु भएको छ ।

गत पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक कोरोना भाइरसको सङ्क्रमण बढ्द थालेपछि स्थापित भएको थियो । स्थगित भएको बैठक माघ ८ गते शनिबारका लागि बोलाइएको थियो । केन्द्रीय समितिको बैठक परपर धकेलिंदै जाँदा पार्टीको पदाधिकारी चयन गर्ने काम पनि अनिश्चित बन्दै गएको छ ।

माओवादी केन्द्रले निवर्तमान स्थायी समिति र पार्टी आयोगका अध्यक्षहरुको बैठक भने भोलि शनिबार बिहान ८ः३० बजे का लागि बोलाइएको कार्यालयले जनाएको छ ।