फाइल तस्वीर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुहुने सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देशमा बढ्नो कोरोना भाइरसको महामारी र सरकारको ६ महिने काम कारबाहीका विषयमा केन्द्रीत भएर प्रधामन्त्री देउवाले सम्बोधन गर्नुहुने बताइएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको साझा उम्मेदवार बन्नुभएका देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँले प्रधानमन्त्रीको नेतृत्व सम्हाल्नु भएको पुस २९ गते ६ महिना पुगेको छ ।