फाइल तस्वीर
काठमाडौं — पाँच दलीय सत्ता गठबन्धन दलको आज स्थगित भएको राजनीतिक समन्वय समितिको बैठक भोलि शुक्रबार अपरान्ह चार बजे बस्ने भएको छ । गठबन्धन दलका शीर्ष नेतात्रयबीच केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटघाट र छलफलपछि राजनीतिक समन्वय समितिको बैठक शुक्रबारका अपरान्ह चार बजेको लागि तय गरिएको बताइएको छ ।


अहिले साँझ प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।