काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढेपछि लोक सेवा आयोगले लिने लिखित परीक्षाहरु माघ मसान्तसम्मको लागि स्थगित गरिएको जनाएको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए अनुसार माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । सङ्गठित संस्थाका परीक्षाहरु पनि यही बीचमा लिने तयारी भएको थियो । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

देशभर कोरोना भाइरसको सङक्रमण दर ह्वात्तै बढेको र लोकसेवा आयोगका कर्मचारीहरु समेत सङ्क्रमित हुन थालेपछि लोकसेवा आयोगलाई आयोगले लिने सबै परीक्षा स्थगित गर्नुपर्ने दबाव परेको थियो ।