फाइल तस्वीर
काठमाडौं – काठमाडौंबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेटमा आकाशमा होल्ड भएपछि जहाजकी एक यात्रु बेहोस हुन पुगेकी छन् ।


त्रिभूवन विमानस्थल कार्यालयका अनुसार बिहीबार बिहान ७:४४ बजे काठमाडौंबाट नेपालगञ्जको लागि उडेको विमान पानी परेको कारण रनवेमा चिप्लन सक्ने हुँदा जहाज आकाशमै होल्डमा रहेको थियो । बिहान ८:४४ मा नेपालगञ्ज विमानस्थलमा अवतरण हुुनु पर्ने बिमान खराब मौसमका कारण ३५ मिनेट पछि ९:१९ बजे मात्र ल्याण्ड हुन पुग्यो । निर्धारित समयमा विमान ल्याण्ड हुन नसकेपछि सोही विमानकी यात्रु काठमाडौं निवासी जानुका थापा बेहोस भएकी हुन् ।


खराब मौसमका कारण जहाज केहीबेर आकाशमा होल्ड भएपछि महिला आत्तिएकाले समस्या आएको बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापकले बताएका छन् । बेहोस् भएकी महिलालाई नेपालगञ्जको राँझास्थ्ति नेपाली सेनाको अस्पतामा लगिएको र ति महिला यात्रुको स्वास्थ्य अवस्था सामान्य रहेको बुद्ध एयरले जनाएको छ ।