काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु भोलि बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भएको भन्दै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख घनश्याम उपाध्यायद्वारा हस्ताक्षरीत सूचनामा आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने उक्त सूचनामा जनाइएको छ ।