फाइल तस्वीर

काठमाडौं – राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । भोलि माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको छ ।


सङ्घीय संसद्का महासचिव डा.भरत गौतमद्वारा हस्ताक्षर गरिएको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको उल्लेख छ ।