काठमाडौं— निर्वाचन आयोगले बोलाएको सर्वदीलय बैठकमा आयोगले ७ बुुँदे प्रस्ताव राखेको छ । निर्वाचन आयोगले आज शुक्रबार डाकेको सर्वदलीय परामर्श बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा र आगामी बैशाखमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।

राष्ट्रियसभा सदस्यको रिक्त रहेको १९ पदको निर्वाचन माघ १२ गते हुँदैछ । त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुनेछ । उक्त निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि ५ जना ३२ जना प्रदेशसभा सदस्य र १ हजार ४ सय ९३ जना स्थानीय जनप्रतिनिधि गरी कुल २ हजार २५ जना मतदाताले निर्वाचनमा भाग लिने आयोगले बताएको छ ।