कपिलवस्तु – नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको बैठकमा विवाद भएको छ । केहीसमय अघि भएको एक मिडिया अवार्ड कार्यक्रममा महासङ्घको सहभागीतालाई लिएर विवाद सिर्जना भएको हो ।

विवादको बारेमा छानबिन नहुँदासम्म बैठकमा सहभागी नहुने भन्दै १५ केन्द्रीय सदस्यले बैठक नै बहिष्कार गरेका छन् । औपचारिक रुपमा बैठक सुरु ङ्नहँुदै सदस्यहरुले आर्थिक तथा अवार्ड कार्यक्रममा महासङ्घको सहभागीता, महासचिवको हस्ताक्षर दुरुपयोगलगायत विषयमा छानविन समिति गठन नगरेसम्म बैठक अघि बढ्न नदिने भन्दै बहिष्कार गरेपछि बैठक अवरुद्ध भएको हो ।

१५ केन्द्रीय सदस्यहरुले बैठक बहिष्कार गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारीहरुको बैठक जारी छ ।