फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा हस्तक्षेत्र बढाउनु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गर्नुभएको कर्मचारी सरुवालाई तत्काल रोक्न कडा निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले दुई दिनअघि मन्त्रालयका उच्च अधिकारीहरूको सरुवा गर्नुभएको थियो ।

दुईदिन अघि स्वास्थ्यमन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा गर्नुभएको थियो । प्रधानमन्त्रीले त्यसलाई हस्तक्षेप गरी सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएकोछ । स्वास्थ्यमन्त्री खतिवडाले दुई दिनअघिमात्रै मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेको बेला सरुवा गरिएको भन्दै कर्मचारीहरले समेत विरोध गरेका थिए । राष्ट्रियसभा सदस्यको रिक्त पदहरुको निर्वाचन माघ १२ गते हुँदैछ ।