काठमाडौं – गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ ।

कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।

मन्त्रालयले आज बुधबार जारी गरेको सूचनाअनुसार सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् ।

हेर्नुहोस् सूचना: