काठमाडौं – कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भन्नुभयो, ‘खोप लगाएका र नलगाएकामा तुलाना गर्दा खोप नलगाएकालाई १० गुणा बढी सङ्क्रमण हुने, खोप नलगाएका १७ गुणा बढी अस्पताल पुग्ने र मृत्यु हुने सम्भावना २० गुणा बढी पाइएको छ । दुई डोज खोप लगाउन आवश्यक छ । त्यसैले खोप लगायो भने जित्न सकिन्छ । खोप लगाउनेलाई गाह्रो बनाउँदैन ।’

खोप लगायो भने सर्ने जोखिम कम हुने पनि उहाँ बताउनुहुन्छ । ‘खोप लगायो भने एक–अर्कामा सर्ने मौका कम हुन्छ । खोप लगायो भने सङ्क्रमणको संख्या कम हुन्छ,’ उहाँले भन्नुभयो । ओमिक्रोन भेरियन्ट पहिला लागेकालाई र खोप लगाएकालाई पनि लाग्ने बताउँदै उहाँले ओमिक्रोन एक जनाबाट १० जनालाई सर्ने बताउनुभयो । ‘पहिलो लहरमा एक जना सङ्क्रमित भयो भने अर्को दुई जना सङ्क्रमित बनाउने थियो । दोस्रो लहरमा डेल्टा भेरियन्टले पाँच जनालाई र ओमिक्रोनले १० जनालाई सङ्क्रमित बनाउने रहेछ,’ सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भन्नुभयो, ‘ओमिक्रोन द्रूत गतिमा फैलिएको छ । नेपालमा पनि ओमिक्रोन प्रवेश गरेको देखिन्छ । जनस्वास्थ्यको मापदण्ड पालना नगरे डेल्टाभन्दा व्यापक रूप लिन सक्छ ।’

दैनिक २ हजार बढी सङ्क्रमित देखिन थालेकाले तेस्रो लहरको सुरुवात भएको हुन सक्ने उहाँले बताउनुभयो । ‘सङ्क्रमितको संख्या बढेर दैनिक २ हजार नाघेको छ । तेस्रो लहरको सुरुवात हो कि भनेर भन्न सकिन्छ,’ उहाँले भन्नुभयो । ओमिक्रोन भेरियन्टले फोक्सोमा भन्दा पनि मथिल्लो श्वास नलिमा असर गर्ने उहाँ बताउनुहुन्छ । न् । ओमिक्रोन भेरियन्ट फोक्सोभन्दा पनि माथिल्लो श्वास नलिमा इन्फेक्सन गराउँछ । नाक, घाँटी र छातीमा टाँसिने रहेछ । डेल्टा फोक्सोमा पुग्ने र निमोनिया हुने थियो,’ उहाँले भन्नुभयो, ‘खोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्नेजस्ता लक्षण बढी देखिन्छ ।’