काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको हो ।

नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँले बताउनुभयो । नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो । गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उहाँले धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘सुनचाँदीको हकमा त्यस्तो खालको सुन नै चिज चाहीँ उत्खनन् गर्न नसकिएतापनि केही उत्पादन हुनसक्ने सम्भावना रहेको र आयातमा हामी भर पर्नु प¥या कारणले ‘र’ सुनलाई नेपाल भित्रायौँ भनेपनि नेपाल बाहिर गहनाको रुपमा हामीले उत्पादन गरेर पठाउन सक्यौँ, निर्माण गरेर हाम्रो परम्परागत गहनाहरु छन् । त्यसका आफ्नै मौलिकताहरु छन् । समाजको विकाससँग त्यो समाजको अध्ययन, अन्वेषणका लागि पनि त्यो गहनाको धेरै ठुलो महत्व देखिन्छ । पुरातात्विक महत्व पनि छ । त्यसकारणले अहिले हामीसँग भएका गहनाहरुलाई पनि अन्तर्राष्ट्रिय बजारमा कसरी पु¥याउने ? कम्तिमा पनि गहना व्यवसायीहरुले हाम्रा बज्यैहरुले लगाएका गहना त्यसको उपयोगिता के छ, त्यसको ऐतिहासिकता के छ, फर्केर त्यहाँ पुग्दाखेरी त्यसको अन्तर्राष्ट्रिय महत्व हुन्छ कि, अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई जोड पुर्याउँछकि त्यतापट्टी पनि तपाईहरुले गर्नुहोला, सरकारले पनि त्यतापट्टी ध्यान दिन्छ ।’

गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताउनुभयो । यसका साथै कच्चा सुन किन्दा विदेशी भुमिमा पुगेको पैसा गहना विक्रि गरेसँगै नेपाल फर्किने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली कालिगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो । नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्धत पु¥याउँछ । विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यतापट्टी ध्यान दिनुस् । विधि अनुकुल तपाईहरु अगाडी बढ्नुस् ।’ उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताउनुभयो ।