काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाललाई आज मङ्गलबार कोरोना पोजिटिभ देखिएको उहाँको सचिवालयले जनाएको छ ।

नेपालले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै भेला तथा बैठक जनस्वास्थ्यका मापदण्ड पालना गरेर आयोजना गर्न निर्देशन समेत दिनुभएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएता पनि नेपालको स्वास्थ्यस्थिति सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।