काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । आइतबारदेखि सामान्य अस्वस्थ भएपछि सोमबार पीसीआर परीक्षण गर्दा प्रमुख जिल्ला अधिकारी रिजालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

भाइरसको सङ्क्रमण पश्चात् उहाँ होम आइसोलेशनमा रहनुभएको छ ।