फाइल तस्वीर
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का विदेश विभाग प्रमुख झलनाथ खनालले एक पूविज्ञप्ती प्रकाशितन गर्दै भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति प्रकट गर्नुभएको छ । नेता खनालले विज्ञप्ति जारीगर्दै भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाउनु भएको हो ।

विज्ञप्तीमा ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ’ भनिएको छ । ‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लङ्घन हो’ भन्दै नेता खनालले विज्ञप्तीमार्फत् भारतीय पक्षले एकलौटी रुपमा लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई रोक्न माग गर्नुभएको छ । सोही विज्ञप्तीमार्फत् नेता खनालले नेपाल सरकारलाई पनि आफ्नो भूमि संरक्षणका लागि उपयुक्त कदम चाल्न समेत आग्रह गर्नुभएको छ ।