काठमाडौं – सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार आज सोमबार शिक्षा मन्त्रालयमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार बसेको सीसीएमसीसीको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले वार्षिक बिदामा मिलाउन हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।