काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा गर्ने सम्बन्धमा आज सोमबार निर्णय गर्ने जनाएको छ । आज दिउँसो मन्त्रालयमा बैठक बसेर यसबारे टुङ्गो लगाइने बताइएको छ ।

आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो । सिसिएमसीसीको सिफारीसअनुसार सोमबार मन्त्रालयले निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।

जनस्वास्थ्यविद्हरूको राय अनुसार आइतबार मात्र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो । सोहि कुरालाई मध्यनजर गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा गर्ने सम्बन्धमा आज सोमबार निर्णय गर्दैछ ।