दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । रासस