काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनुभएको छ । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताउनु भएको थियो । सोही भनाईलाई उधृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित् छ भनेर भाषणमै स्विकार गरेको टिप्पणी गर्नु भयो । उहाँले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाउनु भयो । जिल्लाजिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाई थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताउनुभयो ।

उहाँले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको दावी पनि गर्नु भयो । अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिसहरु मात्रै रहेको र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘आज तपाईहरुले सुन्नु भएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अव राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित् छ भनेर स्विकार गरिएको छ । सुन्नु भयो, हैन ? हार स्विकार गरेका छन । पराजय स्विकार गरेका छन । तर कसरी स्विकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन । त्यो स्वभाव कस्तो छ भन्दाखेरी नयाँ नेतृत्व विकास गर्नै नदिने । ७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभरी एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन ।

जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो । तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन । एकल नेतृत्व । नेताको देवत्वकरण । देवत्वकरण, उनीलाई देउताजस्तो मान्ने । नेतालाई देउवा बनाउनेलाई देवत्वकरण भनिन्छ । देवत्वकरण भईसकेपछि त्यो देउताको वरीपरी पूजकहरुमात्रै बस्ने । भजनभण्डली । देउताको त भजन गर्नु प¥यो नि । भजनमण्डली । त्यहाँ सिद्धान्तनिष्ट कार्यकर्ताहरु छैनन् । आलोचनात्मक चेत भएका मानिसहरु छैनन् ।

विश्लेषण गर्न सक्ने खुवी भएका मानिसहरु ती हैनन् । ठिक र बेठिक । सही र गलत छुट्टयाउने सक्ने खुवी र क्षमता भएका मानिसहरु होईनन् । बौद्धिकताको विकास गर्ने, आधुनिक ज्ञान र चेतना हासिल गर्ने त्यस्ता व्यक्तिहरु होईनन । त्यहाँ पूजक प्रवृत्ति बोकेकाहरु, हनुमान प्रवृत्ति भएकाहरु, अझै भनौं गणेश प्रवृत्ति भएकाहरुलाई मात्रै त्यहाँ ठाउँ छ । त्यसो हुनाले त्यो समूह भित्र विद्रोह भईरहेको छ ।’ अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताउनुभयो । उहाँले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।