काठमाडौं – राष्ट्रियसभाको बैठक सरेको छ । यहि पुस २५ गते अर्थात् आगामी आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक आज शुक्रबार सूचना सार्वजनिक गर्दै सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिनुभएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको गौतमको भनाइ छ ।