काठमाडौं – काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकैको घरमा एक युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार सङ्खुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु एउटै कोठामा लिभिङ् टुगेदरका रुपमा सँगै बस्दै आएका थिए ।

गए राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार समेत बरामद भएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।