काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो ।

परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए । जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८ सय १६ र आंशिकतर्फ दुई हजार ९ सय ८ जना विद्यार्थी थिए । जसमा दुई हजार २ सय ९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।