काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामनालाई रोक्नु भएको छ । नेकपा अध्यक्ष दाहालको सचिवालय आज एक सूचना जारी गर्दे राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोरोना भाइरस सङ्क्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराएको छ । प्रचण्डको सचिवालयका अनुसार काठमाडौं लगायतका विभिन्न स्थामा कोरोना सङ्क्रमण बढेको तथा स्वास्थ्यकर्मीहरूको सुझावलाई मध्यनजर गर्दै प्रचण्डले भेटघाट रोक्नु भएको हो ।

पार्टीको नियमित प्रक्रियामार्फत हुने भेटघाटलाई भने केन्द्रीय कार्यालयबाट व्यवस्थित गरिने जनाइएको छ । ’हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौँ,’ प्रचण्डको सचिवालयले भनेको छ, ’कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौँ ।’ कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ । ’केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरूलाई समेत कोभिड सङ्क्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौँ,’ प्रचण्डको स्वकीय सचिवालयले भनेको छ ।

अध्यक्ष दाहालको सचिवालयले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने जनाएको छ । यसै गरी कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्ने जानकारी गराएको छ । सूचनामा केन्द्रीय कार्यालयका कतिपय जिम्मेवारतथा शीर्ष नेताहरुलाई समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।