झापा – झापाको मेचीनगरमा लागेको आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा–८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं. –७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किन पुग्दा मानिसहरू घाइते हुन पुगेका हुन् ।

घाइते हुनेहरूमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी, दीपेन्द्र कार्की, चन्दन गौतम, सुवलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहरा, भवानी शङ्कर न्यौपाने, हरि वि.क., निर्मल शर्मा, सुशीला अधिकारी लगायत रहेको प्रहरीे जनाएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।