काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज साढे १ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यालयका प्रवक्ता एवं सहचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्री र सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने हुनुभएको छ । प्रवक्ता राउतले आजै दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई छलफलका लागि बोलाउनुभएको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । यसैगरी, बैठकमा आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।