फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाको भोलि बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेको हो ।

संसद् सचिवालयलका अनुसार पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको छ । यसअघि आठौं महाधिवेशनका कारण माओवादीले गरेको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा भदौदेखि नै निरन्तर अवरोध गर्दै आइरहेको एमालेले पुस २३ गतेदेखि देशैभर जिल्ला अधिवेशन गर्दैछ ।