दैलेख – दैलेखको वेस्तडा बजारदेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भगवतीमाई गाउँपालिकाको केन्द्र वेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु २ ज ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ लोहोरेनजिकै दुर्घटना हुँदा चालक २९ वर्षीय कृष्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखकले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखकका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको घाइतेहरूले बताएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखकले जनाएको छ ।