साङ्केतिक तस्वीर


ललितपुर – ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । गए राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

ललितपुरको गोदाबरी नगरपालिका–९ छम्पी घर भई मङ्गलबजार बस्दै आएका तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।