काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यका लागि पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । राष्ट्रिय सभा सदस्यकाका लागि नाम तय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो ।

माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रियसभाको रिक्त २० सिट मध्ये एक राष्ट्रिपतिबाट मनोनित हुने र बाकी १९ सिटका लागि आज मनोनयन दर्ता हुँदैछ ।