सुनसरी – धरान उपमहानगरपालिका–१५, आरालाइनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका–२ का ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा हिजो बेलुका ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

सिजापतीले चलाएको बा५८प ८३२८ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको ना ७ ख ११५८ नम्बरको ट्रकमा हिजो साँझ करिब साढे ६ बजे ठोक्किएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।