फाइल तस्वीर
काठमाडौं— कैलालीको टिकापुरमा प्रहरीमाथि निर्मम र बर्बर तरिकाले हत्या गरेको घटनामा सम्लग्न मानिएको आरोपी निलम्बित सांसद रेशमलाल चौधरीले निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ता गराएका छन् । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन विभिन्न झाँकी र ¥यालीसहित आयोगको कार्यालय पुगेका हुन् ।


राजपाका तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका निलम्बित सांसद चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै छुट्टै पार्टी खोल्न लागेका हुन् । नागरिक उन्मुक्ति पार्टी नाम दिइएको उक्त दल दर्ता गर्न राजधानीको खुलामञ्चमा जम्मा भएका आफ्ना समर्थकलाई निर्वाचन आयोग पुगेका हुन् ।