फाइल तस्वीर

काठमाडौं– पाँचदलीय सत्ता गठबन्धन दलहरुको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचनको लागि भागबन्डा टुङ्ग्याएको छ । आगामी माघ १२ हुने हुने राष्ट्रियसभाको रिक्त सदस्यमा हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनले भागशान्ति सीट छ्ट्याएका छन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी माघको दोस्रो साता हुने राष्ट्रियसभाको निर्वाचनमा सीट सङ्ख्या बाँडफाँट गरी भागबन्डा मिलाएको हुन्।

पाँचदलीय सत्ता गठबन्धनमा रहेका काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी २० फागुनदेखि खाली हुने राष्ट्रियसभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय समेत गरेको छ ।


त्यसबाहेक राष्ट्रियसभामा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरुको रिक्त हुने पदमा भने पाँचदलले भागबण्डा गरेका छन् । खाली हुने सीटमध्ये तीनसीट काङ्ग्रेस, दुई सीट जनता समाजवादी पार्टी र एक÷एक सीट माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका लागि छुट्याइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रियसभाबाट आठ जना सांसद् गुमाउने भएको छ ।


आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, काङ्ग्रेसबाट तीन र मनोनीत एकजना सांसदहरुको समयावधि समाप्त हुँदैछ ।