काठमाडौं — सत्ता साझेदारको मुख्य ठूलो दल नेपाली काङ्ग्रेसको आज केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन पछि नयाँ बनेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।


आजको बैठकको मुख्य आगामी माघ १२ गते हुने राष्ट्रियसभामा रिक्त १९ सदस्यको पदपूर्ति र नेपाली काङ्ग्रेसले उम्मेदवार छनोट गर्ने विषयमा केन्द्रीत हुने छ । त्यसका अतिरिक्त पार्टी विभागहरुको जिम्मेवारी बाँडफाँडका विषयमा पनि छलफल हुनसक्ने बताइको छ । राष्ट्रियसभा निर्वाचनको विषयमा सत्ता साझेदारदलहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको भएको छ ।