फाइल तस्वीर
काठमाडांै— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन कर्मकाण्डी गरेर सकिएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा पुनः विराजमान गराउन गराउन आज नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज सोमबार बस्ने भएको छ । अपुरो केन्द्रीय समितिको बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्दै छ ।


पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने माओवादी केन्द्रले जनाएको छ । तीन दशकदेखि पार्टीको एकछत्र नेतृत्व गर्दै आउनु भएको नवनिर्वाचित केन्द्रीय सदस्य तथा केही घण्टाको लागि निवर्तमान अध्यक्ष बन्नु भएका पुष्पकमल दाहाल प्रचण्डलाई आज बस्ने केन्द्रीय समितिको बैठकले पुनः अध्यक्षमा निर्वाचित गर्ने छ भएको छ । यसैगरी सोही बैठकले पदाधिकारीहरू समेत चयन गर्ने भएको छ ।

निर्वतमान अध्यक्ष प्रचण्डले हिजो आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्दसत्रबाट केन्द्रीय समितिको सदस्यमा मनोनयन गर्नुभएको थियो । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपले पारित थियो । निवर्तमान अध्यक्ष प्रचण्डले आफ्ना निकटस्थ व्यक्तिहरुलाई केन्द्रीय समितिमा ल्याउन निर्वाचन नगरी सर्वसम्मत गर्नुभएको आरोप महाधिवेशनका प्रतिनिधिहरुले लगाएका छन् । आफ्नो अनुकूल पार्टी बनाउन माहिर प्रचण्डले बाँकी ६३ जना केन्द्रीय समितिमा पनि आफ्नै कोटरीका मान्छे ल्याउने निश्चित छ । प्रचण्डले जे भन्यो त्यसैलाई तालिबजाएर समर्थन गर्ने जत्था माओवादी केन्द्रको पहिचान हो ।

आज बस्ने केन्द्रीय समितिको बैठकले बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय गर्ने छ । महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टङ्क राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको छ ।