काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको छ । आइतबारको अपरान्ह बसेको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम प्रस्ताव गर्नु भएको थियो ।
अध्यक्ष प्रचण्डको यो प्रस्ताव बन्दसत्रले अनुमोदन गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । पार्टीको विधान अनुसार बाँकी केन्द्रीय समितिका बाँकी सदस्य पछि मनोनित गर्नेछ । दलित महिला कोटाबाट १२ सदस्यमध्ये अञ्जना विशंखे एक नम्बर पर्नु भएको छ । दलिततर्फ पुरुष छ जना निर्वाचित हुँदा एक युवा पुरुष, १२ जना महिला निर्वाचित हुँदा ३ जना युवती महिला रहेको छ । जनजातिबाट हितमान तामाङ नुवाकोट,
अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यमा खुलातर्फको नाम घोषणा गर्नुभएको छ । बन्दसत्रमा घोषणा गरिएकामा शक्ति बस्नेत, वर्षमान पुन अनन्त, देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामदीप आचार्य, हितराज पाण्डे,लक्ष्मण पन्त, ओमनाथ ढुङ्गना, लेखनाथ ढुङ्गाना, देवेन्द्र पराजुली र कल्पना धमला पनि छानिनु भएको छ । पराजुली र धमला श्रीमान् श्रीमती हुनुहुन्छ ।