काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी महाधिवेशनमा क्लस्टरअनुसार उम्मेदवारीका लागि प्रदेश इन्चार्जमार्फत आवेदन दिनुपर्ने भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आइतबार बन्दसत्रलाई यसबारे जानकारी गराउनु भएको हो ।

विधानअनुसार विभिन्न क्लस्टरमा जानैपर्ने भएकाले क्लस्टर अनुसार मिलाएर आवेदन दिन यस्तो व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । क्लस्टर मिलाएर आवेदन दिन जटिल भएको भन्दै सहजताका लागि स्थायी समितिमा छलफल गरेर नै यस्तो निष्कर्षमा पुगेको हो ।

जुन क्षेत्रका लागि जति छुट्याइएको छ, सोहीअनुसार नै आवेदन आउने गरी प्रदेशका इञ्चार्जसँग सम्पर्क गरेर क्लस्टर अनुसार आवेदन गर्नुपर्ने छ । उम्मेदवारले आवेदन शुल्क एक हजार रुपैयाँ बुझाउनु पर्नेछ ।