काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीन आयोगका अध्यक्ष निर्वाचित गरेको छ । माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रबाट तीन आयोगका अध्यक्ष चयन गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बन्दसत्रबाट केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष सर्वसम्मत निर्वाचित हुनुभएको हो । केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, केन्द्रीय लेखा परीक्षण आयोगमा पेशल खतिवडा र केन्द्रीय अनुशासन आयोथमा टङ्क राई सर्वसम्मत चयन हुनुभएको छ ।