काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भएको छ । आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गर्नुभएको हो ।
राप्रपा नेता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरेको हो । साथै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग छ ।

राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ ।