भारत भ्रमणमा रहनुभएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले ट्वीट गर्दै प्रधानमन्त्री देउवापत्नी आरजुसँग भेटवार्ता भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी भइरहेका बेला आरजुले चौथाइवालेसँग भेटवार्ता गर्नुभएको हो । देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला पत्नी आरजु व्यक्तिगत कामको सिलसिलामा भारतको नयाँदिल्ली पुग्नुभएको छ ।