काठमाडौं — आइतबार बस्ने पूर्वघोषित सङ्घीय संसद्को बैठक स्थगित भएको छ । सत्ता घटक दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जारी महाधिवेशन नसकिएको र संसद्मा उसको उपस्थिति नहुने भएपछि आजका लागि तय गरिएको संसद्को बैठक स्थगित हुन पुगेको बताइएको छ ।
आज स्थागित भएको बैठक कुन दिन बस्ने भनेर अहिलेसम्म जानकारी गराइएको छैन । माओवादी केन्द्रको महाधिवेशन आज सम्पन्न हुने र सम्भवत सोमबार या मङ्गलबारका लागि संसद्को बैठक बोलाइने सम्भावना छ ।